२०८१ बैशाख १७, सोमबार    

बालउज्ज्वल माविमा ‘बुक होलीडे’

२०८० मंसिर २४, आईतबार १२:४६ बजे

हेटौंडा–३, बसामाडीमा रहेको बालउज्ज्वल माध्यमिक विद्यालय औपचारिकरुपमा ‘बुक होलीडे’ कार्यक्रम सुरुवात गरिएको छ ।

पहिलो वर्ष फ्रत्येक महिनाको तेस्रो शुक्रबार मात्र, दोस्रो वर्ष महिनाको दुई शुत्रबार रहने गरी कार्यक्रमको सुरुवात गरिएको विद्यालयले जनाएको छ । इण्डोर र आउटडोरमा व्यवस्थापन हुने गरी करिब ५० वटा कला, साहित्य, खेलकुद, बालसंरक्षण, आयआर्जन मूलक विधामा कक्षागत र तहगत समूह बनाएर कार्यक्रम सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ शिवाकोटीले जानकारी दिए ।

‘एकोहोरो अध्ययन र किताबी दबाबले शिक्षाको गुणस्तर र नतीजामा विद्यार्थीहरु कमजोर देखिएका छन् । निरन्तर अध्ययनको कारण थकित शिक्षकहरुलाई नयाँ ऊर्जा र उपलब्धीमूलक नतीजा प्राप्ति गर्न यो कार्याक्रमले टेवा पुग्ने विश्वास हामीले लिएका छौं ।’, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवाकोटीले भने ।

विद्यालयका प्रधानाध्यापक शम्भु बर्तौलाले पहिलोदिन कक्षागत चित्रकला र हिज्जे प्रतियोगिता आयोजना गरी औपचारिकरुपमा कार्यक्रम सुरु गरिएको बताए । उनको अनुसार यस कार्यक्रममा छसय जना विद्यार्थी सहभागिता जनाएका थिए । जसमध्ये ६० जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।