२०८१ बैशाख १६, आईतबार    

कम्प्युटर एसोसिएसनमा शिवकुमार श्रेष्ठ निर्वाचित

२०७९ मंसिर १८, आईतबार १५:३५ बजे

कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा शिवकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा चिरनकुमार घिमिरे र उमेश थिङ, सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा श्रीराज खतिवडा, सहसचिवमा सञ्जयकुमार न्यौपाने चयन भएका छन् । सदस्यमा स्वागत अधिकारी, विकास अधिकारी, श्रवणकुमार श्रेष्ठ, संप्रस पौडेल, कृष्णदीप प्रधान कृष्णप्रसाद मैनाली सदस्यमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिले शनिबार नै जानुका श्रेष्ठ र सहदेव ढकाललाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । मकवानपुर जिल्लामा २०६३ सालमा स्थापना भएको कम्प्युटर एसोसिएसनमा १ सय ५ जना साधरण सदस्य छन् ।