२०८१ श्रावण ९, बुधबार    

अत्यधिक गर्मीका कारण हेटौंडाका विद्यालय बन्द

२०८१ जेठ ३०, बुधबार १७:३५ बजे

अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिकाका विद्यालय बन्द हुने भएका छन् । गर्मीले पठनपाठन प्रभावित भएपछि हेटौंडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

“आयधिक गर्मीका कारण विद्यार्थी विरामी परेको तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय वन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकवाट अनुरोध भद्र आएकाले वर्षे विदाबाट कट्टी हुनेगरी मिति २०८१।२।३१ र ३२ गते विद्यालय बन्द रहने व्यहोरा मिति २०८१।२।३० गरेको निर्णयानुसार अनुरोध छ ।” सूचनामा भनिएको छ ।

सूचना अनुसार नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तथा मन्टेश्वरी एवम् प्रारम्भिक बाल विकास केन्द्रहरु असार १ गते शनिबार परेकाले असार २ गतेबाट मात्र सञ्चालन हुनेछ ।