२०८१ जेठ ४, शुक्रबार    

महेन्द्र ज्योति माविमा अनेरास्ववियू गठन

२०७८ फाल्गुन ३०, सोमबार १५:१८ बजे

महेन्द्र ज्योति मावि मनहरी गाउँपालिका–३, हाँडीखोलामा अनेरास्ववियू गठन गरिएको छ ।

कृष्ण पाठकको अध्यक्षतामा १७ सदस्यीय दशजोड दुई कमिटी गठन गरिएको हो । कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटी सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष अरुण बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटी उपाध्यक्ष शिशिर पराजुली तथा मनहरी गाउँपालिका संयोजक बासु बर्तौला तथा जिल्ला सदस्य कुमार घिसिङलगायतको उपस्थिति रहेको थियो ।