२०८१ बैशाख १८, मंगलबार    

नवनिर्मित वनदेवी मन्दिरको उद्घाटन माघ २७ गते शनिबार हुने

२०८० माघ २५, बिहीबार १९:०० बजे

हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ७ नागस्वतीमा नवनिर्मित वनदेवी मन्दिरको उद्घाटन माघ २७ गते शनिबार हुने भएको छ ।

केही दिन अघि प्राण प्रतिष्ठा सम्पन्न भइसकेको र आउँदो २७ गते विहान ११ बजे मन्दिरको उद्घाटन गरिने मन्दिर व्यवस्थापन समितिले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मन्दिर उद्घाटनका लागि समाजसेवी मुरलीधर रुङ्गटा र प्रवचनका लागि डा. चिन्तामणी योगीनाथलाई निमन्त्रणा गरिएको समेत मन्दिर व्यवस्थापनले जनाएको छ । सोही दिन इन्द्रेणी साँस्कृतिक विकास केन्द्रको टोलीसमेत आउने जनाइएको छ ।

७ नम्वर वडा कार्यालय नजिकै रहेको मन्दिर करिब १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । स्थानीय दलबहादुर खड्काको खर्चमा मन्दिर निर्माण भएको हो । कलात्मक शैलीमा निर्माण गरिएको उक्त मन्दिर अवलोकनका लागि दैनिक धार्मिक पर्यटकहरुको संख्या बढ्दै गएको र अझै व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि अक्षयकोष समेत स्थापना गरिने जनाइएको छ ।

अक्षयकोष सञ्चालन सहयोगार्थ ताप्लेजुङ पाथिभरा मन्दिरका मुख्य पुजारीबाट रु ५१ हजार १ सय ५५ रुपैंया दान गरी शुभारम्भ भएको छ