२०८१ बैशाख २०, बिहीबार    

देउसीभैलोबाट ४ लाख ६३ हजार संकलन

२०८० मंसिर १४, बिहीबार ०९:२३ बजे

शैक्षिक सुधारका लागि महेन्द्र किरण मावि हेटौंडा–३, बसामाडीले तिहारको सन्दर्भ पारेर खेलेको देउसीभैलोबाट करिब साढे चारलाख रुपैयाँ संकलन भएको छ ।

हेटौंडा–३ स्थित वडाका १५ वटा  टोल विकास संस्थाको विभिन्न स्थान र हेटौंडा–१२ को बेलडाँडा र आपधापमा देउसीभैलो तथा सांस्कृति कार्यक्रम गरी ४ लाख ६३ हजार १७१ रुपैयाँ संकलन भएको कार्यक्रम संयोजक हर्क पाख्रिनले जानकारी दिए ।

देउसीभैलो खेल्ने समूहलाई अमेरिकाबाट नारायणप्रसाद गौतमले दशहजार ४०१, कृष्णप्रसाद  बर्तौलाले ५ हजार रुपैयाँ सहयोग गरेका थिए ।