२०८१ बैशाख २३, आईतबार    

एचआईभी संक्रमित परिवारलाई न्यानो कपडा बितरण

२०८० मंसिर १५, शुक्रबार १६:३५ बजे

एचआईभी संक्रमित परिवारलाई हेटौंडा उपमहानगरपालिकाले न्यानो कपडा बितरण गरेको छ ।

३६ ओैं विश्व एड्स दिवसको सन्दर्भ पारेर उपमहानगरले एच.आइ.भि. संक्रमित २५ परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) र संक्रमित बिपन्न २२ परिवारलाई खाध्यान्न तथा पोषण सामग्री सहयोग गरेको हो ।

मकवानपुर महिला समूह र मकवानपुर पोजेटिभ समुहको कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले सहयोग सामग्री वितरण गरेकी थिइन् । विगतका बर्षहरुदेखि नै उपमहानगरपालिकाले एच.आइ.भि. संक्रमित र प्रभावित बालबालिकालाई नियमित शैक्षिक तथा पोषण सहयोग, संक्रमित परिवारलाई आयआर्जनमा सहयोग, उपचार सहयोग, जनचेतनामुलक कार्यक्रम, एम्बुलेन्स सहयोग, न्यानो कपडा लगायतका सहयोग कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

यसै सवालमा कार्यरत गैर सरकारी संस्थाहरुसंगको समन्वयमा उपमहानगरपालिकाले कार्यविधि बनाई बार्षिक योजना र कार्यक्रम व्यवस्थित गर्दै आइरहेको छ ।