२०८१ बैशाख २०, बिहीबार    

दाहाल र पौडेलवीच टिकटका लागि प्रतिस्पर्धा

२०७९ भाद्र ४, शनिबार ०८:३१ बजे

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुर–१ मा एमालेबाट टिकटका लागि दुईजना ‘हेबिवेट क्यान्डिडेट’ बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपा एमालेबाट प्रतिनिधिसभाको निर्वाचनको लागि सफल इतिहास बनाएका तथा वर्तमान सांसद ‘ह्याट्रिक होल्डर’ कृष्णप्रसाद दाहाल र वाग्मती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलमध्ये एक जनाले टिकट ल्याउने चर्चा यति बेला मकवानपुर एमालेमा छ ।

बहुदल स्थापनापछि भएको पहिलो प्रतिनिधिसभा निर्वाचन –२०४८ मा तत्कालीन राप्रपा नेता कमल थापालाई हराएर संसदीय राजनीति सुरु गरेका दाहाल त्यसयताका सबै निर्वाचन जित्न सफल बने । २०५१ मा उनै कमल थापासँग पराजित भएका दाहाल पुन: २०५६ मा उनै थापालाई पराजित गर्दै दोस्रो पटक सांसद बनेका थिए । दाहालले त्यसयता २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा टिकट पाएनन् । उनले टिकट नपाएपछि उक्त क्षेत्र दुवै पटक एमालेले गुमाएको थियो । २०७४ मा टिकट पाएका दाहालले कांग्रेस–राप्रपा गठबन्धनका कमल थापालाई पराजित गरेका थिए ।
सोही क्षेत्रमा यो पटक दाहालसागै पहिलो मुख्यमन्त्री पौडेलको पनि चर्चा छ । पौडेल पनि चुनावी राजनीतिमा अपराजित व्यक्ति हुन् ।

बहुदल स्थापनापछि भएको पहिलो स्थानीय निकाय निर्वाचनमा २०४९ र २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा तत्कालीन हेटौाडा नगरपालिकाको मेयर भएका पौडेल २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर १ को ‘ख’ बाट विजयी हुादै एमालेको तर्फबाट बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बन्न सफल भए ।

दाहाल र पौडेलको क्षेत्र एउटै पर्ने भएकोले पनि यो पटक दुवैले टिकटको लागि दाबी गर्न सक्ने देखिएको हो । दुवै नेताको केन्द्रीय पहुँच पनि राम्रो रहेको कारण पनि उनीहरूमध्ये कसले टिकट पाउलान् भन्ने चासो एमाले कार्यकर्तामा छ । तर, दुवै नेताले हालसम्म औपचारिक रूपमा टिकटको लागि पहल भने गरेका छैनन् ।

गठबन्धनसाग निर्वाचनमा होमिनुपर्ने एमालेको लागि यो क्षेत्र ‘रेड जोन’मा समेत छ । गत स्थानीय निर्वाचनको वडागत तथ्याङ्कलाई हेर्दा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमाले ३८ हजार ५६ मत सहित पहिलो स्थानमा छ भने कांग्रेस ३४ हजार ७२ मत सहित दोस्रो, माओवादी केन्द्र १६ हजार ५ सय ४२ मत सहित तेस्रो तथा राप्रपा ४ हजार ७० मत सहित चौथो स्थानमा छ । नेकपा एसको ३ हजार २ सय ८३ मत छ । (नेपालप्रेस)