२०८१ बैशाख १७, सोमबार    

मदिरा र लागूऔषध प्रयोगविरुद्ध अन्तक्र्रिया

२०७९ आश्विन ३०, आईतबार १६:०२ बजे

हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा सिविन नेपालले मदिरा प्रयोगको न्यूनीकरण तथा लागूपदार्थ प्रयोगको विरुद्ध सरोकारावालावीच अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाकी महिला तथा बालबालिका विकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लागूऔषध दुव्र्यसनीविरुद्ध सक्रिय रहेको संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मदिरा प्रयोगको न्यूनीकरण तथा लागूपदार्थ प्रयोगको विरुद्ध सरोकारावालावीच अन्तक्र्रिया आयोजना गर्ने र हेटौंडालाई वालमैत्री नगरको रुपमा स्थापित गर्न कुलतमा लागेका बालबालिकालाई आवश्यक उपचारसहित परामर्शसहित आवश्यक उपचार गरी पारिवारिक पुनस्र्थापना गरिने भएको छ ।

कार्यक्रममा सिविन नेपालका ध्रुब गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए ।