२०८१ बैशाख १७, सोमबार    

कुखुरा व्यवसायी संघ भलाई कोषको साधारणसभा

२०७८ चैत्र २०, आईतबार ११:२१ बजे

मकवानपुर कुखुरा व्यवसायी संघ भलाई कोषको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।

मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र मार्खुमा भएको साधारणसभामा भलाई कोष अध्यक्ष राजेन्द्र मैनालीको सभाध्यक्षतामा भएको थियो । मकवानपुर उद्योग बाणिज्य संघ उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष गोकुलनाथ पौडेलले मन्तव्य व्यक्त गरेका थिए । भेलामा कोषाध्यक्ष कर्णबहादुर खड्काले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोषमा ४० जना सदस्य रहेका छन् । कोषले कुखुरा व्यवसायीको समस्या समाधान गर्न पहल गर्दै आइरहेको छ । कुखुरा व्यवसायीको सवारी दुर्घटना भएको खण्डमा क्षतिपूर्ति गर्न कोषले आर्थिक सहयोग गर्ने गरेको कोषका सदस्य प्रभाकर पुडासैनीले जानकारी दिए ।