२०८२ असार १, आईतबार    

महोत्सवमा अशोक दर्जीको क्रेज, मंगलबार प्रकाश सपुत आउने

२०७९ माघ १६, सोमबार १९:५३ बजे

मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु झुमेका छन् ।

महोत्सवको छैटौं सोमबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीतसंगीतमा मज्जाले झुमेका हुन् । बाल गायक अशोक दर्जीको प्रस्तुतीमा हेटौंडेलीको दर्शकको उत्साह हेर्दा गायक दर्जीको क्रेज व्यापक रहेको प्रष्ट देखिन्थ्यो । उनले मन विनाको धन ठुलो की धन विनाको मन भन्ने गीतमा दर्जी सँगै दर्शकहरुले उक्त गीत गाउँदै रमाएका थिए ।

दर्शकदीर्घामा नाच्दै कम्मर मर्काउँदै गायक दर्जी र गायक तथा संगीतकार टंक बुढाथोकीको प्रस्तुतीमा दर्शकहरु रमाइरहेका थिए । गायक बुढाथोकी र दर्जीले करिब एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए । उनीहरुले चौरीको चाम्रो छुर्पी...,रुपै मोहनी नारायण..., तिम्रो फोटो देखाई देखाई..., कसरी कसरी..., टिकटकमा देखेको..., बाआमा भनेका जिउदा देवता हुन..., कोही डाक्टर बोलाइदेउन, तोरी तेल लाएर कपाल कालो भो जस्ता करिब एक दर्जन गीत प्रस्तुत गर्दै हेटौंडेली दर्शकलाई नचाएका थिए ।

महोत्सवमा गायक प्रदीप त्रिपाटी र गायिका मञ्जु पौडेलले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । त्यस्तै हेटौंडेली कलाकार सुलेमान शंकर ईकुले कमेडी प्रस्तुत रहनुका साथै बेली डान्सर अस्मिता पुरीको धमकेदार नृत्य प्रस्तुत भएको थियो ।

महोत्सवमा मंगलबार गायिका अस्मिता अधिकारी, लोक गायक खेम सेन्चुरी, कमेडियन प्रभात लामाको प्रस्तुती रहनेछ । महोत्सवमा चर्चित गायक प्रकाश सपुतको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।