२०८० चैत्र १६, शुक्रबार    

२० जनालाई चलचित्रसम्बन्धी छात्रवृत्ति दिइने

२०७९ भाद्र ६, सोमबार १४:२९ बजे

चलचित्र विकास बोर्डले विभिन्न विषयमा २० जनालाई चलचित्रसम्बन्धी छात्रवृत्ति दिने भएको छ । त्यसका लागि आवेदन पेस गर्न भनिएको छ । सोमबार सूचना प्रकाशित गर्दै बोर्डले चलचित्रसम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

 

“सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र बोर्डको कार्यालयमा वा इमेलमार्फत अनलाइन आवेदन पेस गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।