२०८१ बैशाख ७, शुक्रबार    

हेटौंडा–५ मा एमाले र राप्रपाद्वारा आचारसंहिता उल्लंघन

२०७९ बैशाख २०, मंगलबार १८:३४ बजे

सत्तारुढ गठबन्धनको पक्षमा देखिएको जनलहरबाट हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले र राप्रपाका उम्मेदवार तथा कार्यकर्ताहरु आत्तिन थालेका छन् ।

पछिल्ला दिनहरुमा हेटौंडामा दुवै दलले दैनिकरुपमा आचारसंहिता उल्लंघन गरिरहेका छन् । हेटौंडामा आमसभा गरेको स्थानको फोहोर समेत सफा नगरेर विवादमा फसेको एमाले पुनः अर्को आचारसंहिता उल्लंघन गरेको हो । हेटौंडा–५ नम्बर वडामा एमाले र राप्रपाले नेपाल विद्युत् प्राधिकरणको पोलमा झण्डा तथा पर्चाहरु टाँसेका छन् । निर्वाचन आचारसंहिता अनुसार विद्युतीय पोलमा झण्डा राख्न पाइँदैन । विशेष गरी हेटौंडा–५ को लट्टीनाथ क्षेत्रमा एमालेले बढी झण्डा विद्यतीय पोलमा झुण्ड्याएको छ ।

एमाले र राप्रपाले दैनिकरुपमा आचारसंहित उल्लंघन गर्दा पनि निर्वाचन अधिकृतको कार्यालय मौन बसेकोभन्दै अन्य दलहरुले आपत्ति जनाउन थालेका छन् । एमालेको ¥यालीमा पछिल्लो समय सरकारी कर्मचारी तथा शिक्षक समेत प्रयोग हुन थालेका छन् । केहीदिन अगाडि हेटौंडाका मेयर हरिबहादुर महत चुनावी घरदैलोमा सहभागी भएपछि विवादमा तानिएका थिए ।