२०८१ बैशाख २५, मंगलबार    

मुख्यमन्त्री दौडमा शालिकरामको इन्ट्री, के होला बानियाँको भविष्य ?

२०७८ फाल्गुन ३०, सोमबार १९:४१ बजे

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र वाग्मती प्रदेशका संसदीय दलका नेता शालिकराम जमकट्टेललाई मुख्यमन्त्री बनाउन पहल थालेका छन् ।

प्रचण्डले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी मुख्यमन्त्री छाडेर दिएर वाग्मतीमा जमकट्टेललाई बनाउने पहल थालेका हुन् । धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सुदुरपश्चिममा मुख्यमन्त्री छाडेमा वाग्मती दिने जवाफ दिएको खुलासा गरेका हुन् ।

वाग्मतीमा हाल माओवादी, कांग्रेस र नेकपा (एस)को सरकार रहेको छ । वाग्मतीमा जेठ महिनाबाट कांग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको बताइएको थियो ।

सुदूरपश्चिम प्रदेश कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र हो । देउवाले त्यहाँ कांग्रेसबाट मुख्यमन्त्री बनाउन चाहेको बुझिएको छ । अहिले माओवादीबाट त्रीलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री छन् ।

स्थानीय तहको निर्वाचन लगत्तै प्रदेश तहमा सत्ता हस्तान्तरण हुने क्रममा वाग्मती कांग्रेसले पाउने दावी बानियाँ निकट नेताहरुले गर्दै आइरहेका छन् ।