२०८१ बैशाख ८, शनिबार    

रोट¥याक्ट मकवानपुरमा राई पदस्थापित

२०७९ श्रावण १४, शनिबार १३:५३ बजे
रोट¥याक्ट मकवानपुरमा राई पदस्थापित रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा प्रदीपकुमार राई पदस्थापित भएका छन् ।
 
क्लवको शुक्रबार भएको सातौं पदस्थापन कार्यक्रमबाट उनी अध्यक्षमा पदस्थापित भएका हुन् । उनलाई बर्ष सन् २०२१÷२२ का अध्यक्ष प्रतिक्षा न्यौपानेले चेन हस्तान्तरण गरेकी हुन् । अध्यक्षमा पदस्थापित भएका राईले आफ्नो कार्यकालमा नमूनालायक कार्यक्रम गर्दै क्लवलाई नयाँ उचाईमा पु¥याउन लागिपर्ने प्रतिबद्धता जनाए ।
 
उनले आफ्नो कार्यकाल सफल बनाउन उपाध्यक्षमा रञ्जिता बिष्ट, सचिव राजन कटुवाल, कोषाध्यक्ष, अलिसा न्यौपानेसहित विभिन्न पदमा मनोनित गरेका छन् ।
 
रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको पदस्थापनमा रोट¥याक्टको जोन ३ का जेडआरआर सन्दिपराज ओझा, रोट¥याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, रोटरी क्लव अफ मकवानपुरका पूर्व अध्यक्ष कविन सांगामी, रोट¥याक्टका उपाध्यक्ष रञ्जिता बिष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 
कार्यक्रममा विभिन्न छिमेकी क्लवका अध्यक्षसहित रोट¥याक्टका डिष्ट्रिक र जोनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।