२०८१ बैशाख १३, बिहीबार    

मामाघरलाई ९० हजार सहयोग

२०८० बैशाख २१, बिहीबार १७:३८ बजे

सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।

थाहा नगरपालिका स्थायी घर भएर हाल अमेरिकाको मेलबर्न बस्दै आएका विश्वराम गोपाली, प्रदीप विडारी र जोनी गोत्राले नगद ९० हजार रुपैयाँ मामाघर नेपाललाई सहयोग गरेको हो । मामाघर नेपालको स्थापनाकालदेखी नै विभिन्न रुपमा सहयोग पुर्‍याइरहेका विश्वराम गोपालीले हाल नेपाल आएको मौका पारी आफैं मामाघर नेपालमा उपस्थित भएर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

२०६८ सालदेखि हेटौंडा र आसपासका क्षेत्रमा सडक बालबालिकाको आपतकालीन राहत, उद्दार, परामर्श, आवासीय सुबिधा, औपचारिक शिक्षा र सीप प्रदान गर्दै आएको छ ।

मामाघर नेपाल मकवानपुर स्थानीय दान, चन्दा र उपहारमा सञ्चालित सामाजिक संस्था हो । यो सहयोगले ठूलो सहयोग मिलेको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।