२०८१ बैशाख १६, आईतबार    

गाउँपालिका अध्यक्षले मामाघरमा मनाए जन्मदिन

२०७९ फाल्गुन १७, बुधबार २२:४३ बजे

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो जन्मदिन मामाघर नेपालमा मनाएका छन् ।

सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरमा पुगेर अध्यक्ष कालाखेतीले बुधबार केक काट्दै खुशी साटासाट गरी जन्मदिन मनाएका हुन् । उनले मामाघरमा आश्रित बालबालिकासँग केही समय विताएका थिए ।

मामाघर नेपाललाई उनले नगद दशहजार रुपैयाँ समेत सहयोग गरेका छन् । सडक बालबालिकामुक्त समाज निर्माण अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै उनले आगामी दिनमा संस्थागतरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।