२०८१ बैशाख २१, शुक्रबार    

हेटौंडाबाट पठाइएको राहत रुकुममा हस्तान्तरण

२०८० कार्तिक २४, शुक्रबार १२:१९ बजे

भूकम्प पीडितका लागि हेटौंडाका विभिन्न संघसंस्थाले संकलनका गरेको राहत हस्तान्तरण गरिएको छ ।

जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पबाट प्रभावित भएको लागि यहाँ संकलनका गरिएको राहत विहीबार साँझ रुकुम पश्चिम पुगेर हस्तान्तरण गरिएको उत्सव इटेनीले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ, नारायणी यातायात कम्पनी प्रा.लि, धर्मकाँटा व्यवस्थापन समिति लगायतका संघसंस्थाले गरेको राहत सामाग्री रुकुम पश्चिममा हस्तान्तरण गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको धर्मकााटा व्यवस्थापन समितिको तर्फबाट १० लाख रुपैयाँ बराबरको डवल वेडको ब्ल्याङ्केट ५ सय थान, १८/२४ को त्रिपाल ७५ थान, २० केजीको प्याकेट रहेको चिउरा ५० सय बोरा पठाइएको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघले पनि विभिन्न संघसंस्थाको सहकार्यमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि संघका सल्लाहकार सरोज कुमार खनाल, कार्यसमिति नेत्रप्रसाद खतिवडा मार्फत १८/२४ कै त्रिपाल ७५ थान, डसना एक सय थान, कुर्था सुरुवाल ७० सेट र कुर्था ३० पिस सामाग्री पठाइएको थियो ।

राहत सामाग्री हेटौंडा उपमहानगरपालिकाका सवारी साधनमा लगिएको थियो ।