२०८१ बैशाख १३, बिहीबार    

उद्योग बाणिज्य महासंघमा कटुवाल विजयी

२०७९ चैत्र ३०, बिहीबार ०९:२२ बजे

नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्यमा मकवानपुरका कृष्ण कटुवाल विजयी भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते काठमाडौंमा हुने ५७ औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट उनी आगामी कार्यकालका लागि निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनले चर्को व्याजदरका कारण व्यवसायीमा परेको समस्या समाधान गर्न राज्यको ध्यानाकर्षण गराउन आफ्नोतर्फबाट सार्थक प्रयास गर्ने बताएका छन् ।

उनले देशमा विग्रदो आर्थिक अवस्था सुधार्न र व्यवसायीको समस्या राज्य तहबाटै सम्बोधन गर्ने वातावरण तयार पार्न आफ्नो योजना रहेको बताए । उनी मकवानपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष समेत हुन् । कटुवाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट जिल्ला नगरतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका थिए ।

२०६४ सालमा मकवानपुरको कार्यसमिति सदस्य बनेका कटुवाल २०७४–०७८ सम्म अध्यक्षको जिम्मेवारी कुशलातापूर्वक निर्वाह गरेका थिए ।
उनीसागै जिल्ला नगर सदस्यतर्फ ३२ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये १८ जना चयन भएका छन् ।