२०८१ माघ २८, सोमबार    

हेटौंडा ह्विल्सद्वारा बालगृहलाई कम्प्युटर सहयोग

२०८१ पौष १८, बिहीबार १८:२९ बजे

हेटौंडा–१० मा रहेको हेटौंडा ह्विल्सले बालगृहलाई एकथान कम्प्युटर सहयोगस्वरुप उपलब्ध गराएको छ ।

हुन्डाईको ह्याप्पी मुभकोको सहकार्यमा कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत् हेटौंडाको एक विद्यालयलाई डेस्कटप कम्प्युटर हस्तान्तरण गरिएको हो । उक्त सहयोग हेटौंडा–४ स्थित सिर्जना पथमा रहेको धन्य बाल गृहमा बालबालिकाको बच्चाहरूको सिकाइ प्रक्रियालाई सहयोग गर्न कम्प्युटर प्रदान गरिएको हो ।

यस सहयोगको उद्देश्य बालबालिकालाई राम्रो शैक्षिक स्रोत र पहुँचमा सहयोग प्रदान गर्नु रहेको जनाइएको छ । यस्तै यो सहयोगले स्थानीय समुदायलाई सहायता प्रदान गर्ने र सामाजिक विकासमा सहयोग गर्ने हटौंडा ह्विल्सको प्रतिवद्धतालाई झल्काएको छ ।