२०८१ बैशाख १४, शुक्रबार    

प्रदेशको बजेट बहुमतले पारित

२०७९ असार १६, बिहीबार १५:२० बजे

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

बिहिबार बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको अर्थ सम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो ।  बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरु उभिएका थिए । गठबन्धन हाल प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य छन् ।

गठबन्धनको नेकपा माओवादी केन्द्रको २३,नेपाली कांग्रेसको २२,नेकपा एकिकृत समाजवादीको १३ र जसपाको १ जना सांसद छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ४१,विवेकशील साझाको ३,राप्रपा र नेमकिपाको २÷२ जना छन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । सरकारले आगामी वर्षको लागि ल्याएको बजेट चालू आर्थिक वर्षकोभन्द्या १३ अर्ब रुपैयाँले बढि छ ।