२०८१ जेठ ७, सोमबार    

एमाले आमसभालाई ओलीले सम्बोधन गर्ने

२०७९ बैशाख १७, शनिबार १७:४७ बजे
नेकपा (एमाले)ले हेटौंडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा यहि बैशाख १८ (भोलि)गते चुनावी आमसभा गर्ने भएको छ ।
 
बैशाख १८ गते हेटौंडा उपमहानगरपालिकास्थित हुप्राचौर परिसरमा उपमहानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले मकवानपु जिल्लाका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४० हजारभन्दा बढि जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, श्रेष्ठले भने । त्यसअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल ¥याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष केपि शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
 
प्रचार समितिका संयोजनक धुब्रप्रसाद चौलागाईका अनुसार पार्टी प्रवेश कार्यक्रसमेत हुने बताए । उनले कार्यक्रममा तीन सय जनाको स्वंयमसेवा परिचालन गरिने जानकारी दिए । चुनावी सभामा १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरु सहभागि हुने मकवानपुर एमाले पार्टी कार्यालयले जनाएको छ ।
 
हेटौंडा उपमहानगरपालिकामा मेयर पदको लागि एमालेबाट अनन्त पौडेल चुनावी मैदानमा छन् भने उपमेयरमा सुमित्रा काफ्ले । पौडेल र काफ्लेले संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् ।