२०८१ बैशाख २२, शनिबार    

मकवानपुरमा मतगणना सुरु

२०७९ मंसिर ५, सोमबार १२:२२ बजे

मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । सोमबार मध्यान्ह १२ बजेबाट मतगणना सुरु भएको हो ।

विहान ८ बजे बसेको सर्वदलिय वैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपनि एक घण्टा ढिला गरी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट मतगणना सुरु गरिएको हो । हेटौंडा–२ स्थित सिद्धार्थ उच्च माविमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना भइरहेको छ ।

आइतबार मतपेटिका ल्याउन ढिला भएपछि मतगणना केही ढिलो भएको हो । जिल्लाभरका सम्पूर्ण मतपेटिका विहान २ बजे मात्र हेटौंडा ल्याइएको थियो । एकैपटकमा १२ स्थानमा मतगणना गर्ने गरी निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको छ । मकवानपुर जिल्लाबाट ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।