२०८३ भाद्र १८, बिहीबार    

हेटौंडाको मेयर काँग्रेसले पाउनुपर्ने माग राख्दै पार्टी कार्यालयमा तालाबन्दी

२०७९ बैशाख ६, मंगलबार १३:१७ बजे

गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर नेपाली काँग्रेसले पाउनु पर्ने माग राख्दै हेटौंडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा ताला लगाइएको छ ।


केन्द्रीय स्तरमा गठबन्धनबारे छलफल जारी रहँदा हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादीले पाउने चर्चा हुन थालेपछि असन्तुष्ट भएका कार्यकर्ताहरुले हेटौंडा उपमहानगर समितिको बैठक चलिरहँदा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति पुर्वसभापति सुनिल गिरीको सक्रियतामा तालाबन्दी गरिएको हो ।


पार्टी कार्यालयमा तालाबन्दी पछि कार्यकर्ताहरु नाराबाजीमा उत्रिएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवासम्म हेटौंडाको मेयर काँग्रेसले पाउनुपर्ने माग राख्दै दबाब सिर्जना गर्न तालाबन्दीसँगै नाराबाजी गरिएको तरुण दल नगर सभापति गिरीले बताए । ‘हेटौंडाको मेयर काँग्रेसले पाउनुपर्छ, गठबन्धनको नाममा धेरै जनमत भएको का“ग्रेसलाई पन्छाएर अरु दलले मेयर पाउनु कुनै हालतमा स्वीकार्य हुँदैन ।’ गिरीले भने ।