२०८० चैत्र १६, शुक्रबार    

सवारी ज्यान मुद्धाका फरार एकजना पक्राउ

२०७९ माघ १६, सोमबार १८:१३ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सवारी ज्यान मुद्धामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

२०६० साल जेठ २४ गते जिल्ला मकवानपुर साविक बसामाडी गाविस–३, लेवटस्थित ना. २ ख २९४६ नम्बरको ट्रकले बा.१ ख ८२२० नम्बरको बसलाई ठक्कर दिँदा बस चालक देवीप्रसाद आचार्यसहित ३ जनाको मृत्यु भएको घटनामा संलग्न रहेको राजु लामालाई प्रहरीले नियन्त्रण लिएको हो ।

फरार रहेका ट्रक चालक साबिक चुरियामाई गाबिस–४, सानो सुगौली घर भएर हाल मनहरी–९, ज्यामिरेका ४७ वर्षीय राजु लामालाई खोजतलासको क्रममा मनहरी–९, ज्यामिरेबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।