२०८१ बैशाख १७, सोमबार    

बुधबारबाट लेडी जेसीजको सप्ताह सुरु

२०८० कार्तिक १४, मंगलबार १५:०० बजे

हेटौंडा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम बुधबारबाट सुरु हुने भएको छ । लेडी जेसीजले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी कार्यक्रमको विषयमा जानकारी दिएको छ ।

जेसीज सफ्ताहअन्तर्गत् बुधबार विहान रक्तदान कार्यत्रम र दिउँसो स्वर्गीय बुद्धरत्न शाक्यको स्मृतिमा खुल्ला वतृत्वकला प्रतियोगिता तय गरिएको अध्यक्ष डिलमाया घर्तीले जानकारी दिइन् । उनका अनुसार विहीबार विहान हेटौंडा–२ स्थित ओम वृद्धाश्रममा खाद्यान्न वितरण तथा दिउँसो वैठक सञ्चालन प्रणालीको विषयमा तालिम, शुक्रबार विहान स्लो स्कुटी रेस प्रतियोगिता तथा दिउँसो श्री फ्रावि मनहरी–१, चकरीमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम तय गरिएको छ ।

मूल कार्यत्रम संयोजक अस्मिता न्यौपानेका अनुसार शनिबार विहान हेटौंडा–५ स्थित हाम्रो घरमा सरसफाइ कार्यक्रम र दिउँसो सप्ताहव्यापी कार्यक्रम समापन गरिनेछ । जेसीजले वर्षेनी विभिन्न कार्यक्रम आयोजना गरी सप्ताह मनाउने गरेको छ ।

यसवर्ष विभिन्न रचनात्मक क्रियाकलाप र सामाजिक कार्य गरी सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको जेसीज सफ्ताह कार्यक्रमकी सहमूल कार्यत्रम संयोजक तथा उपाध्यक्ष नम्रता श्रेष्ठले पत्रकार सम्मेलनमा बताइन् ।