२०८१ बैशाख १६, आईतबार    

नेपाल सेमिफाइनलमा

२०८० कार्तिक १४, मंगलबार १६:२२ बजे

सानदार ब्याटिङ गरेपछि नेपाल ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो विजय हो । अघिल्लो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

मलेसियामाथि नेपालको विजयसँगैं ओमान पनि समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ । ओमानले पहिलो दुई खेलमा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । नेपाल र ओमान बिहीबार समूहचरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् ।