२०८१ बैशाख ७, शुक्रबार    

रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर

२०७९ आश्विन ५, बुधबार १२:३९ बजे

पोर्चुगिज भेट्रान सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो संजाल इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका छन् ।

कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को दौरान सामाजिक इन्स्टाग्राममा रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेयमार र फ्रान्सका केलियन एमबाप्पेलाई पछि पार्दै सर्वाधिक प्रभावशाली फुटबलर बनेका हुन् ।

एनालिस्ट कम्पनी निल्सन स्पोर्ट्सको डाटा अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका रोनाल्डोको औसत प्रति पोस्ट मूल्य ३.५ मिलियन भन्दा बढी रहेको छ ।

इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स गत वर्षको भन्दा ४७ प्रतिशतले बढेको देखिएको छ । रोनाल्डोको फलोअर्स ४८० मिलियन रहेको छ । सूचीको दोस्रो स्थानमा मेस्सी, तेस्रोमा नेयमार र चौंथोमा केलियन एमबाप्पे र पाँचौंमा भिनिसियस जुनियर रहेका छन् ।
फ्रान्सका करिम बेन्जेमा छैटौं, अर्जेन्टिनाका पाउलो डिबाला सातौं, फ्रान्सकै एङ्गोलो कान्टे आठौं, फ्रान्सकै पउल पोग्वा नवौं तथा स्पेनका सर्जियो रामोस शीर्ष १० मा रहेका छन् ।

स्पेनका गाभी, ब्राजिलका राफिन्हा र एन्टोनी, स्पेनका पेड्री, अर्जेन्टिनाका राड्रिगो डि पउल, ब्राजिलका रोड्रिगो, फ्रान्सका ओरेलिएन चुआमेनी, मोरोक्कोका अचरफ हाकिमी, सर्वियाका डुसान भ्लाहोभिच र उरुग्वेका डार्विन नुनेजलगायतक खेलाडी पनि प्रभावशाली सुचीमा थपिएका छन् । इंग्ल्यान्डका जेडान सान्चो सबैभन्दा प्रभावशाली बेलायती खेलाडीको सूचीमा छन् ।

एनालिस्ट कम्पनीले कतारमा हुने २०२२ को विश्वकपमा सहभागी हुने अपेक्षा गरिएका खेलाडीहरूको श्रेणी निर्धारण गरेको हो ।