२०८१ बैशाख ८, शनिबार    

आयोजकमाथि मनाङको जीत

२०७९ फाल्गुन ५, शुक्रबार १८:५३ बजे

मनाङ मर्स्याङदी क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा आयोजकको मकवानपुर ११ लाई २–१ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जीतमा सुमित श्रेष्ठ र डिवान्डो ड्याङबोले गोल गरेका थिए ।

मकवानपुरको लागि एक गोल साहिदले गरे । सुमितले ११ र डिवान्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । साहिदले ५३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच मनाङका कमल थापाले गोल गरे ।

प्रतियोगिताअन्तर्गत् शनिबार हिमालयन शेर्पा र फ्रेण्डस क्लबबीच खेल हुनेछ