२०८० चैत्र १६, शुक्रबार    

निश्चलको नयाँ फिल्म 'दिमाग खराब'

२०८० बैशाख १८, सोमबार २१:२५ बजे

निश्चल बस्नेको निर्देशनमा नयाँ फिल्म 'दिमाग खराब' बन्ने भएको छ ।

कात्तिक २४ मा प्रदर्शनमा आउने फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको अभिनय रहनेछ । 

जेठ १ बाट छायांकनमा जाने फिल्मका निर्माता रौनकविक्रम कँडेल हुन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, आकाश बरालको पटकथा, जयन जे वाइवा र कालीप्रसाद बास्कोटाको संगीत, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन रहनेछ ।