२०८३ श्रावण ११, सोमबार    

लागूऔषध कारोबारमा संलग्न दुई भारतीय पक्राउ

२०७८ फाल्गुन ४, बुधबार १७:२८ बजे

हेटौंडा/ लागूऔषध कारोबारमा संलग्न दुईजना भारतीयलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा–१५, रातोमाटेमा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनीहरुलाई अबैध लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले पथलैयाबाट हेटांैडातर्फ आउँदै गरेको ना.१ ह ९४५० नम्बरको अटोलाई चेकजाँच गर्दा भारत विहार रक्सौल पूर्वीचम्पारण वस्ने वर्ष ३० वर्षीय अरविन्दकुमार पाण्डे र २६ वर्षीया अमिता साहले अटोमा लुकाएर ल्याएको १ सय ७३ बोतल लागूऔषध डायलेक्स डीसी उनीहरुको साथबाट वरामद गरेको थियो ।

प्रहरीले उनीहरुलाई बुधबार जिल्ला अदालत हेटौंडामा उपस्थित गराएर १० दिनको म्याथ थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।