२०८० चैत्र १६, शुक्रबार    

उपमहानगरद्वारा फुटबलरलाई सम्मान

२०७९ चैत्र ३०, बिहीबार १६:५४ बजे

दोश्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिताका विजयी खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा मकवानपुरगढीलाई पराजित गर्दै हेटौंडा च्याम्पियन भएको थियो । क्याम्पा रंगशालामा भएको प्रतियोगितामा हेटौंडाले उपाधिसहित २ लाख रुपियाँ नगद दिलाएका थिए । खेलाडी तथा अफिसियललाई मेयर मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहितको टिमले सम्मान गरेका हुन् ।

खेलाडीलाई जनही नगद ६ हजार ५ सय रुपियाँ हस्तान्तरण गरिएको थियो ।

नगर खेलकुद बिकास समितिले उपमहानगरको तर्फबाट संयोजन गरिएको प्रतियोगितामा सहभागी खेलाडीलाई थप पुरस्कारस्वरुपप करिब ५ हजार रुपैयाँ बराबरको सहयोग गरिने जनाइएको छ ।