२०८० चैत्र १५, बिहीबार    

५६ जनाद्वारा रक्तदान

२०७९ श्रावण १२, बिहीबार १४:३७ बजे

वस्तीपुर जेसीज हाँडीखोलाको आयोजनामा भएको रक्तादान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् ।

५६ औं रक्तदान दिवसको सन्दर्भ पारेर हेटौंडा–१९, वस्तीपुरमा आयोजित कार्यक्रममा उनीहरुले सहभागीता जनाएका हुन् । जेसीज अध्यक्ष तेजप्रसाद उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।

रेडक्रस सोसाइटी बसामाडी उपशाखा र तपोबन यूथ क्लबको संयोजनमा कार्यक्रम भएको हो । वाग्मती प्रदेशका भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।