हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा भएका कामको वार्षिक समिक्षा गरेको छ ।
शुक्रबार भएको समिक्षा कार्यक्रमको अध्यक्षता ग्रहणगर्दै नगर प्रमुख मीनाकुमारी लामाले जनतालाई समस्यामा नपारी सेवा दिन निर्देशन दिइन् । उनले जनतालाई दुःख नहुने गरी सेवा प्रदान गर्नु स्थानीय सरकारको पहिलो दायित्व भएको बताइन् ।
वडातहको सरकारलाई बलियो बनाउँदै उपमहानगरले जनताले सहजै सरकारको अनुभुती दिलाउने काम गरेको भन्दै उनले कुनै पनि अवस्थामा जनतलाई निरास नबनाई सेवा दिन सुझाइन् । नगर प्रमुखलामाले वडा अध्यक्ष र उपमहानगरका कर्मचारीहरुलाई नगरबासीको हरेक समस्या समाधान गर्दै उनीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन निर्देशन दिइन् ।
समिक्षा कार्यक्रममा सामान्य प्रशासन महाशाखा प्रमुख गोपाल पोखरेलले आन्तरिक प्रशासन, कानुन तथा सुशासन व्यवस्थापन, सम्पति व्यवस्थापन, राजश्व प्रशासनका क्षेत्रमा भएका प्रगति बारे जानकारी गराएका थिए । आर्थिक विकास तर्फको हिमप्रसाद पौडेलले क्षेत्रको वित्तिय प्रगतिसँगै पशुपन्छी विकास, कृषि विकास, उद्योग, सहकारी तथा पर्यटन विकास र प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका प्रगति बारे प्रस्तुती गरेका थिए ।
सामाजिक विकासतर्फ महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले समाज कल्याण, आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धनबारे प्रस्तुतीकरण गरेका थिए । वन वाताबरण विपद् व्यवस्थापन महाशाखा तर्फको सुचना अधिकारी भानुभक्त थपलियाले विपद् प्रतिकार्य, फोहोरमैला व्यवस्थापन र वातावरणबारे प्रस्तुतिकरण गरेका थिए । महिला तथा बालबालिका विकासतर्फ भएका कामको बारेमा संगीता उप्रेतीले प्रस्तुती गरेकी थिइन् ।
पूर्वाधार विकासतर्फ इञ्जिनियर सुबोधकुमार थापाले शहरी पूर्वाधार विकास, योजना कार्यान्वयन तथा सार्वजनिक निर्माण शाखा, भवन इजाजत तथा मापदण्ड कार्यान्वयन शाखा र भूमी इकाईंबाट भएका काम कारबाही बारे जानकारी दिएका थिए । शिक्षा विकासतर्फको शाखा अधिकृत हरीचन्द्र सापकोटाले शिक्षातर्फ गरेका कामको बारेमा प्रस्तुति गरेका थिए ।