२०८१ बैशाख १४, शुक्रबार    

आरजुलाई कालो झण्डा देखाउन खोज्दा हेटौंडामा कोइराला पक्राउ

२०८० बैशाख २८, बिहीबार १३:३६ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा राणा देउवालाई हेटौंडामा कालो झण्डा देखाउन खोज्ने एकजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वाग्मती प्रदेश नीति तथा योजना आयोग र एउटा सुपर मार्केटको उद्घाटन गर्न विहीबार विहान हेटौंडा आइपुगेकी कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणालाई कालो झण्डा देखाउन खोज्ने हेटौंडाका कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई हेटौंडा–२ स्थित कान्तिराजपथबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

उनी हाल जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा रहेका छन् । उनले आफ्नो फेसबुकमार्फत् नै विहानैबाट राणालाई बहिष्कार गर्न आव्हान समेत गरेका थिए । सुपरमार्केटको उद्घाटन स्थलमै उनलाई कालो झण्डा देखाएर विरोध गर्ने तयारी भइरहेको थियो ।

कोइराला लामो समयदेखि भ्रष्टाचार विरोधी गतिविधिमा संलग्न रहेका छन् ।