२०८१ बैशाख १९, बुधबार    

बाइक चोर्ने २ जना पक्राउ

२०७९ फाल्गुन ८, सोमबार १९:०९ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोटरसाइकल चोरी गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न रहेका सिन्धुली हरिहरपुरगढी–६, सन्कौवाटाका ४० का आईतेसिं गोले र वाग्मती–१ डाबडांडाका १९ वर्षीय रोशन घिसिङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले विभिन्न स्थानबाट चोरी गरेको चारवटा बाइक समेत नियन्त्रणमा लिइएको छ ।