२०८० चैत्र १६, शुक्रबार    

प्रचण्ड र माधवको स्वार्थले कम्युनिष्ट आन्दोलन विखण्डन : नेता रिजाल

२०७९ श्रावण ३०, सोमबार १७:५६ बजे

नेकपा एमालेका केन्द्रीय पोलिटव्युरो सदस्य तथा केन्द्रीय स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले माधव र प्रचण्डको स्वार्थको कारण नेपालमा कम्युनिष्ट आन्दोलन विखण्डन भएको र दक्षिणपन्थी हावी देखिएको बताएका छन् ।

नेकपा एमाले वाग्मती गाउँपालिकाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले स्थानीय निर्वाचनमा नेकपा एमालेको सिट संख्या कमी भएता पनि जनमतमा पहिलो पार्टी भएकोले संघीय निर्वाचनबाट नै सिट र जनमतमा पहिलो पार्टी हुने दावी गरे । उनले पटक पटक नेपाली कांग्रेस सत्तामा पुगे पनि मुलुक बर्वादी भएकोले नेकपा एमालेका नेताहरू मनमोहन र केपी ओली सरकारको ९/९ महिना सरकारको सफलतालाई स्मरण गर्न जरुरी रहेको बताए ।
केन्द्रीय सदस्य तथा सांसद कृष्णप्रसाद दाहालले मुलुकको आर्थिक जर्जरतालाई अन्त्य गरी विकास, समृद्वि र संघीयतालाई सुदृढ गर्नको लागि एमालेले आगामी निर्वाचनमा जित्नुको विकल्प नभएको बताए ।

जिल्ला सचिव नवीन सिग्देलले बहुदलीय जनवादको मान्यता अनुरूप पार्टी संगठन निर्माण र परिचालनबारे प्रशिक्षण दिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य अणराज जर्गामगर, पद्मा पौडेल, दिलबहादुर घिसिङ्ग, छिरिङ्ग दोर्जे पाख्रिन, नारायण सापकोटा, खेमराज जर्गा मगर, शर्मिला विक, मदनकुमार दाहाल, जिल्ला कमिटी सदस्य राजकुमार तिमल्सिना,कमल राई, सरिता विक, मदनकुमार दुरूङ्गच्याङ्ग, बकैया गाउापालिका अध्यक्ष गोपाल दाहाल, उपस्थितिमा कार्यक्रमको पालिका कमिटीका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा भएको हो ।

प्रशिक्षणमा पालिका कमिटी सदस्यहरू वडा कमिटीका पदाधिकारीहरू, जनसंगठन पालिका कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू गरी १ सय २५ जनाको सहभागिता भएको पालिका सचिव मनोज नेगीले जानकारी दिए ।