२०८१ बैशाख १३, बिहीबार    

चैनपुर जेसीजको संसदीय अभ्यास तालिम

२०७९ पौष ३०, शनिबार १८:०९ बजे

यसै बर्ष प्रस्तावित भएको चैनपुर जेसीजले आफ्ना सदस्यका लागि संसदीय अभ्यास तालिमको आयोजना गरेको छ ।

शनिबार एक कार्यक्रमका बीच तालिमको आयोजना गरेको हो । कार्यक्रम संयोजक सुरेश गौतमको संयोजकत्व एवम् जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीज बर्ष सन् २०२३ का उपाध्यक्ष एवम् बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारीको प्रमुख आतिथ्यतामा तालिम भएको हो ।

प्रमुख अतिथि अधिकारीले नयाँ शाखाहरुलाई डो¥याउँदै विभिन्न तालिम तथा कार्यक्रममा सहयोग गरिने प्रतिबद्धता जनाए । तालिममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष एवम् जेसीआई हेटौंडाका पूर्व अध्यक्ष अरुणकुमार दाहालले सहजीकरण गरेका थिए ।

तालिमको उद्घाटनमा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष अञ्जनीकुमार पराजुली, नेपाल जेसीजका पूर्व उपाध्यक्ष दीपेन्द्रकुमार बर्तौला, जेसीआई हेटौंडाका पूर्व अध्यक्षद्वय काव्यमणि अधिकारी र कविन सांगामी, बस्तीपुर जेसीजका पूर्व अध्यक्षद्वय सुनिल अधिकारी र जयराम सुवेदी, सल्लाहकार ज्योतिराज लुईंटेल, विदुर थापा लगायतको आतिथ्यता थियो । अध्यक्ष अधिकारीले नयाँ स्थानमा जेसीजको शाखा सुरु गरिएको जानकारी दिँदै सबै युवाहरुलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

तालिमको माध्यमबाट युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यलाई समेत अघि बढाउने उनको भनाई थियो ।