२०८० चैत्र १६, शुक्रबार    

राजकुमार न्यौपाने भन्छन् : यसअघि पार्टी सदस्यता लिएको छैन

२०७९ भाद्र १, बुधबार १६:४७ बजे

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर अध्यक्ष राजकुमार न्यौपानेले यसअघि आफूले कुनै पनि पार्टीको सदस्यता नलिएको दावी गरेका छन् ।

केहीदिन अघिमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर संयोजक बनेका न्यौपानेले यस्तो दावी गरेका हुन् । उनको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी उठेपछि बुधबार पत्रकार सम्मेलन गरी यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘मैले व्यवसायीको नेतृत्व गर्ने समयमा तत्कालिन प्रधानमन्त्री तथा विभिन्न दलका नेतासाग भेटेको पक्कै हो । तर, कुनै पनि पार्टीको सदस्यता अहिलेसम्म लिएको थिइन् ।’, उद्योग बाणिज्य संघ मकवानपुरको पूर्वअध्यक्ष समेत रहेका न्यौपानेले स्वतन्त्र पार्टीका वडा तहदेखि जिल्लासम्ममा नयाा कार्यसमिति चयन गर्ने प्रक्रियामा आफूहरु रहेको बताए ।

‘हाम्रो पार्टी भर्खरै स्थापना भएको पार्टी हो । संघीय निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दैछौं ।’, उनले थपे ।