२०८० चैत्र १६, शुक्रबार    

बजेट कार्यान्वयन गर्न चुनौती : विपक्षी

२०७९ असार २, बिहीबार ०९:३१ बजे

वाग्मती प्रदेशका विपक्षी दलहरूले सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न निकै चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले बजेटले सम्पूर्ण क्षेत्र समेटेको भए पनि कार्यान्वयन गर्न गाह्रो हुने बताइन् ।

विवेकशील साझाका सांसद रमेश पौड्यालले चालु आर्थिक वर्षकै बजेट कार्यान्वयन गर्न नसकेको सरकारले आगामी बजेट पनि कार्यान्वयन गर्नेमा आशंका व्यक्त गरे । ‘पुँजीगत खर्च बढ्नु राम्रो हो । तर, कार्यान्वयन गर्ने स्पष्ट आधार बजेटमा छैन । जसका कारण सरकार फेरि पनि बजेट खर्चमै चुक्ने देखिन्छ,’ उनले भने ।

राप्रपाकी सांसद रीना गुरुङले सरकारले चुनावलक्षित बजेट ल्याएको दाबी गरिन् ।