२०८१ बैशाख २९, शनिबार    

नगर समितिको पक्षमा कांग्रेस इतर समूह

२०७९ बैशाख ८, बिहीबार १०:२८ बजे

नेपाली कांग्रेस मकवानपुरका संस्थापन इतर समूह नगर समितिको पक्षमा देखिएका छन् ।

हेटौंडाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एस) लाई अगाडि बढाउने विषयमा संस्थापन इतर समूह र हेटौंडा उपमहानगर समिति एउटै कित्तामा उभिएको हो । हेटौंडा उपमहानगरले केन्द्रको निर्णयको विरोध जनाउँदै पत्रकार सम्मेलन गरेको भोलिपल्टै जिल्ला पदाधिकारीहरुले पनि विज्ञप्ति जारी गरेका हुन् । उनीहरुले नगरले गरेको सिफारिसको आधारमा मेयर र उपमेयर खडा गर्नेसम्मको चेतावनी दिएका छन् ।

कांग्रेस नगर समितिले आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठलाई मेयरको रुपमा अगाडि बढाउने निर्णय गरेको थियो । उपमेयरमा इन्दिरा न्यौपाने, तारा कार्की र अमृता थापाको नाम सिफारिसलाई मानेर अगाडि बढ्ने पत्रकार सम्मेलनमा बताइएको हो । नगर समूहले मेयर र उपमेयरमा दावी गरेकाहरुलाई पूर्णरुपमा बाइपास गरेर गुटको आधारमा सिफारिस गरेको समेत आरोप लागि रहेको छ ।