२०८१ बैशाख १७, सोमबार    

नेवि संघद्वारा २१ जना सम्मानित

२०८० श्रावण २६, शुक्रबार १५:१४ बजे

नेपाल विद्यार्थी संघ मकवानपुरले उत्कृष्ट विद्यार्थी तथा संघको केन्द्रीय सदस्यमा मनोनित भएकोसहित २१ जनालाई सम्मान गरेको छ ।

हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा शुक्रबार भीषण ठकुरी नेतृत्वको संघले नेपाली कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाको प्रमुख आतिथ्यतामा मकवानपुर क्याम्पसको विभिन्न संकायबाट देशमै उत्कृष्ट हुन सफल १५ जना विद्यार्थी र नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा मनोनित ६ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय सदस्य सुनिल दाहाल, नेवि संघ पूर्वजिल्ला अध्यक्ष ईश्वर पण्डित, क्याम्पस प्रमुख डा. शंकर उपाध्याय, तरुण दल मकवानपुर जिल्ला अध्यक्ष सन्तोष सापकोटा, तरुण नेता सञ्जय श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बीबीएस संकायबाट नेपाल प्रथम भएका १ जना, एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने एकजना, बीबीए संकाय ७ औं सेमेस्टरका ७ जना, बीबीएम सातौं सेमेस्टरका ३ जना, बीबीए पाँचौं सेमेस्टरका १ जना, बीबीए तेस्रो सेमेस्टरका १ जना, बीबीएम तेस्रो सेमेस्टरका १ जनालाई सम्मानित गरिएको नेपाल विद्यार्थी संघ क्याम्पस सयोजक सागर घिमिरेले जानकारी दिए ।

पछिल्लो समय नेवि संघले मकवानपुर बहुमुखी क्याम्पसमा विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आइरहेको छ ।