२०८१ बैशाख १६, आईतबार    

सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतबार १७:०७ बजे

सत्तारुढ गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर-१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय 'डीना',त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा नेकपा एसका उम्मेदवार विरोध खतिवडाले मनोनयन दर्ता गरेका हुन्।त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर-१ (क) मा माओवादी केन्द्रका उम्मेदवार प्रेम बहादुर पुलामी, प्रदेशसभा क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रकी कुमारी मोक्तान तथा क्षेत्र नम्बर-२ (ख) मा नेपाली कांग्रेसका तर्फबाट ईन्द्र बहादुर बानियाँले मनोनयन दर्ता गरेका छन् । यता प्रदेशसभा क्षेत्र नम्बर-१ (ख) मा कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले मनोनयन दर्ता गरिसकेका छन्। 

कांग्रेस चोकबाट बाजागाँजा सहित सत्तारुढ गठबन्धनका नेता कार्यकर्ता मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको पुगेका थिए।उनीहरुले  आइतबार अपरान्ह ४ बजे हेटौंडा-२ स्थित जिससको पुरानो भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन।

निर्वाचन आयोगले मनोनयनको समय साझ ५ बजे सम्मलाई तोकेको छ भने मनोनयन दर्ता गरेको उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशनको समय आज साझ-७ बजे सम्मलाई तोकेको छ।