२०८१ बैशाख २१, शुक्रबार    

मकवानपुरमा जलचर प्राणी संरक्षण समिति गठन

२०७९ भाद्र २६, आईतबार १६:५७ बजे

मकवानपुरमा जलचर प्राणी संरक्षण तथा सम्बद्र्ध समिति गठन भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिले आफ्नो उद्देश्य र योजनाबारे जानकारी दिएको छ ।

समितिको संयोजकमा विनोद महत, सचिव नवराज खतिवडा, कोषाध्यक्ष गोकर्ण सुवेदी सदस्य कपिल खड्का, गणेशकुमार खड्के, रमेश ढकाल, अशोककुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन खड्का रहेका छन् ।

अभियानको संरक्षकमा भीमसेन महत तथा सल्लाहकारमा नरहरि महत रहेका छन् । समितिले योजनाबद्धरुपमा विज्ञसँग सल्लाह र सहकार्य गरेर काम गर्ने बताइएको छ ।