२०८० चैत्र १६, शुक्रबार    

बैंकको व्याजदर विरुद्ध व्यवसायी संघ आन्दोलित

२०७९ पौष १७, आईतबार १४:४० बजे

चर्को व्याजदरको विषयमा मकवानपुरका उद्योगी तथा व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

आइतबार मकवानपुर उद्योग वाणिज्य संघको हलमा व्यवसायीहरुको उपस्थितीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीका मागहरु र आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको हो । 

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले व्यवसायीहरुको बैंकका चर्को व्याजदर र बैंकले दिएको दबावको विरुद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरेका हुज् । 

अध्यक्ष अग्रवालले बैंकको व्याजदर नियन्त्रण गरी एकल अकंको हुनुपर्ने , अर्थतन्त्र सामान्य अवस्थामा नपुगुन्जेल चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९कार्यान्वयन नगर्ने , पूजीँगत खर्च बढाई बजारमा तरलता प्रवाह गर्नुपर्नै मागहरु रहेको बताएका छन् । 

आइतबार पत्रकार सम्मेलन पश्चात मागहरु उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत  अर्थमन्त्री तथा गर्भनरलाई ज्ञापन पत्र बुझाउने, सोमबार भोली पाँचवटै संघमा आवद्ध व्यवसायीहरुले व्यानर राखी विरोध गर्ने, १९ गते मंगलबार आम व्यवसायीहरुले कालो पट्टी बाँधेर विरोध जनाउने र २० गते मागहरु सम्बोधन नभएको खण्डमा सशक्त आन्दोलनको तयारी गर्ने जस्ता कार्यक्रमहरु सार्वजानिक गरिएको छ । 

विरोध कार्यक्रमलाई उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, होटल एशोसिएसन मकवानपुरले ऐक्यवद्दता जनाएको छ । पत्रकार सम्मेलनमा उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल, नारायणी यातायातका अध्यक्ष हिरालाल श्रेष्ठ, होटल एशोसिएसनका अध्यक्ष दिलिश गोविन्द जोशी, वस्तुगत संघ समन्वय समितिका संयोजक राजु अधिकारी लगायतको उपस्थिती रहेको थियो ।