२०८१ बैशाख १५, शनिबार    

क्यान इन्फोटेकमा कृषि डिजिटलाइजेसनबारे छलफल

२०७९ चैत्र ४, शनिबार १८:३० बजे

हेटौंडामा जारी बागमती प्रदेशस्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एशोसिएसन विथ एम बैंकको तेसो दिन कृषि डिजिटलाइजेसनबारे सेमिनार भएको छ ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेको प्रमुख आतिथ्यता तथा कम्पयुटर एसोसिएसन महासंघका केन्द्रीय सचिव भुपाल दास श्रेष्ठको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लामिछानेले कृषि क्षेत्रको विकासका लागि अहिले रहेको सरकारी निति तथा प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए ।

बागमती गाउँपालिकाका सहकारी शाखाका कर्मचारी नगेन्द्र महतो कृषिमा आधुनिककीकरण जरुरीरहेको बताए । सेमिनारमा कृषि बिश्व बिद्यालयका प्रशिक्षकद्धय अतित लम्साल र आशिष दाहालले कृषिमा डिजिटिलाइजेसन कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

कम्प्युटर एशोसिएसन मकवानपुरका अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका स्थानीय तहका कृषि शाखाका कर्मचारी, कृषि तथा दुग्ध सहकारी संस्थाका प्रतिनिधीसहित कृषि बिषय अध्ययनरत् विद्यार्थीहरु गरी करिब एकसय जनाको सहभागिता रहेको थियो ।