२०८३ कार्तिक २, आईतबार    

कृषि मन्त्रालयमा किसानको धर्ना

२०८० असार २४, आईतबार १८:५६ बजे

बागमती प्रदेशको राजधानी हेटौंडामा किसानहरु कृषि तथा पशुपन्छी मन्त्रालयको गेट अगाडी धर्ना बसेका छन । 

आईतबार चितवनको विभिन्न स्थानबाट ३० वटा साना तथा ठूलो सवारी साधनमा आएका करिब ५ सय जना दुग्ध उत्पादन किसानहरु विभिन्न नारा लगाउँदै धर्ना बसेका हुन्।

‘उनीहरुले किसान मार्न पाइँदैन’, ‘हाम्रो माग पूरा गर’, ‘कृषि मन्त्री राजीनामा दे’, ‘किसान ठग्न पाइँदैन’, ‘किसानमारा मन्त्री चाहिंदैन’, ‘दूध उत्पादन अनुदान कायम गर’ जस्ता नारा लगाएका छन्।