हेटौंडा/ हेटौंडा क्याम्पसको वार्षिकोत्सवअन्तर्गत् शनिबार भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार टोली विजयी भएको छ ।
हेटौंडा–४ स्थित क्याम्पाडाँडामा रहेको हेटौंडा फुटसल कोर्टमा भएको खेलमा पत्रकार टोलीले हेटौंडा क्याम्पसको प्राध्यापक समूहलाई पराजित गरेको हो । पत्रकार टोली ६–३ गोलअन्तरले विजयी भएको थियो । क्याम्पसले ३१ औं स्थापना दिवसको सन्दर्भ पारेर सप्ताहव्यापी कार्यक्रम आयोजना गरिरहेको छ । क्याम्पस प्रमुख देवकुमार मानन्धरले रेफ्रिलाई वल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए ।
खेलपश्चात् नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । क्याम्पसको सप्ताहव्यापी कार्यक्रम आइतबार सकिँदैछ । हेटौंडा–४ मा रहेको यस क्याम्पस मकवानपुरको दोस्रो ठूलो सामुदायिक कलेज हो ।