२०८० चैत्र १५, बिहीबार    

पुष्पाञ्जली आमा समूहलाई सहयोग

२०७९ आश्विन १४, शुक्रबार १७:१८ बजे

समाज सुधारको अभियान लिएर रात्रिकालिन गस्तीमा हिँड्ने हेटौंडा–९ को पुष्पाञ्जली आमा समूहलाई वडा कार्यालयले विभिन्न सामग्री सहयोग गरेको छ ।

गस्तीमा हिँड्ने क्रममा सहयोग पुर्‍याउने उद्देश्यले हेटौंडा–९ नम्बर वडा कार्यालयले ज्याकेट, जुत्ता, टर्च, सिटीसहित सामान्य उपचारका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । वडा कार्यालयले महिला समूहका लागि खरीद गरेको सामग्री हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले महिला समूह अध्यक्ष कल्पना थापा मगरसहित समूहमा आवद्ध रहेका ४० जनालाई हस्तान्तरण गरेकी हुन् । महिला समूहले प्रत्येक दिन राति वडा क्षेत्रमा गस्ती गर्ने गरेका छन् ।

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष सुकराम केसीले आमा समूहको कामले वडामा रात्रिकालिन यात्रामा सहज भएको बताए । सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य वीरेन्द्र लामा, सुनिता दर्नाल, वडा सदस्य कमला पौडेल, नगर स्वास्थ्य समितिका सदस्य बेगम बराल लगायतको आतिथ्यता रहेको थियो ।