२०८१ बैशाख १७, सोमबार    

रोटर्याक्टको अध्यक्ष सचिव भेलाको तयारी पूरा

२०७९ भाद्र २३, बिहीबार १९:०३ बजे

रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लब अफ मकवानपुरको संयोजनमा हेटांैडामा हुन लागेको अध्यक्ष–सचिव भेला (पिएस मिट) को तयारी पुरा भएको छ ।

रोटर्याक्ट क्लब अफ हेटौंडा र मकवानपुरले पत्रकार सम्मेलन गरि अध्यक्ष–सचिव भेलाको तयारी पुरा भएको जानकारी दिएको हो । भाद्र २५ गते हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा हुन लागेको देशैभरिको रोटर्याक्ट क्लबको अध्यक्ष–सचिवको भेलाको तयारी पुरा भएको हो । उक्त कार्यक्रमले हेटौंडा र हेटौंडामा रहेका पर्यटकीय गन्तव्यहरुलाई देशैभरी थप पहिचान मिल्ने विश्वास लिएको रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिपकुमार राईले बताए । हरेक रोटा वर्षका पहिलो त्रैमासिकमा आयोजना गरिने अध्यक्ष सचिवको भेलाले रोटर्याक्टसँग सम्बन्धीत विभिन्न मुद्धाहरु तथा प्रस्तावहरुमा छलफल गरिने अध्यक्ष राईले जानकारी दिए ।

कार्यक्रमले विभिन्न रोटर्याक्ट क्लवहरुसँग सञ्जाल बनाउन तथा आत्मियता बढाउन मद्धत पुग्ने उनको भनाई रहेको छ । कार्यक्रममा रोटर्याक्ट क्ल्व अफ बुटवल साउथ, रोटर्याक्ट क्लव अफ युनाइटेड बिरगञ्ज र रोटर्याक्ट क्लव अफ बर्दिबासले सहसंयोजन गरेको छ । कार्यक्रमलाई महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गरेको रोटर्याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष मिलन ढकालले जानकारी दिए ।

त्यसैगरी सागर डिष्टिलरी, युनिलिभर नेपाल प्रा.लि., स्मार्ट स्टडी, कान्तिपुर म्यानेजमेन्ट, एभरेष्ट कलर, एमएमपोलिमर्स, सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, जोभियल, कफिबारलगायतले सह प्रायोजन गरेको अध्यक्ष ढकालले बताए । हेटौंडा उपमहानगरपालिका, रोटरी क्लवअफ हेटौँडा र रोटरी क्लव अफ मकवानपुरले पनि आवश्यक साथ र सहयोग गरिरहेको उनको भनाई छ । करिब १ हजार जना रोटर्याक्टरहरुको सहभागिता रहने कार्यक्रमा २० लाख रुपैयाँ लागत अनुमान रहेको आयोजकले बताएको छ ।